-->
काठमाडौंमा रेल दौडाएर देखाउँछु : ओली

९ वैशाख, काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो ध्यान कुर्सीमा भन्दा विकास–निर्माणमा रहेको बताएका छन्। आफूले विकास–निर्माणका कुरा गर्दा सबैतिरबाट विरोध आउने गरेको भन्दै उनले असन्तोषसमेत जनाए।
‘मैले काठमाडौंमा रेल आउँछ भन्दा कराउँदै हिँड्यो भन्छन्,’ कास्की, पुरुन्चौरमा स्थापित प्राकृतिक श्रोत व्यवस्थापन कलेजको बुधबार शिलान्यास गर्दै प्रधानमन्त्रीले भने, ‘विरोधीले देख्दादेख्दै काठमाडौंमा चुच्चो थुतुनो भएको रेल कुद्नेछ।’ दुनियाँमा रेल कुद्न हुने तर नेपालमा नहुने भन्दै उनले विरोध गर्नेलाई रेल दौडाएरै देखाउने बताए।
नेपाललाई दुई वर्षभित्र खानेकुरामा आत्मनिर्भर बनाउने उनले घोषणा गरे। सोखका लागि केही खानेकुरा बाहिरबाट ल्याए पनि बाँच्नका लागि आवश्यक नपर्ने उनले बताए। ‘केपी ओली प्रधानमन्त्री रहेसम्म कोही भोकै पर्दैनन्,’ उनले भने, ‘मैले लोकप्रियता खोजेको होइन, जनताको दुखकष्ट कटाउन खोजेको हुँ।’
मुलुकलाई लामो समय अप्ठेरोमा पारेको भन्दै अब कसैको शक्तिले पनि अप्ठेरोमा पार्न नसक्ने उनले ठोकुवा गरे। ‘चारजना शिखण्डीले अवरोध गरेर मुलुकलाई अप्ठेरोमा पारे,’ उनले भने, ‘अब अर्जुनको बल लगाए पनि कसैले अल्झाउन सक्दैन।’ आफू गियर बिग्रेको, सिट च्यात्तिएको, चक्का फुत्केको गाडीजस्तै अप्ठेरो बेलामा प्रधानमन्त्री भए पनि सिटमा बसेर गाडी बनाएको उनले बताए।
नेपाल र नेपालीको भलाइका लागि एक इन्च पनि पछि नहट्ने अडान उनले दोहोर्याोए। ‘कसैलाई खुसी पार्न बनावटी र गल्ती कुरा गर्न मैले जानेको छैन,’ उनले भने। नागरिक दैनिकमा खबर छ


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.