काठमाडौं, १४ वैशाख । नेपालस्थित उत्तर कोरियाली दूतावासका एक जना डिप्लोम्याट (कुटनीतिज्ञ) ली छङ हो पक्राउ परेका छन् ।
उत्तर कोरियाका क्रुर शासक तथा त्यहाँका राष्ट्रपति किम जोङ्ग उनका दूतका रुपमा राजधानी काठमाडौंमा खटिएका लीलाई मादक पदार्थ सेवन(मापसे) गरी सवारी साधन चलाएको अवस्थामा ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो ।
मापसे गरी सवारी साधन चलाएको अवस्थामा होलाई ट्राफिक प्रहरीले सोमबार बिहान न्यूरोड गेटबाट पक्राउ गरेको अन्नपूर्ण पोस्टले समाचार छापेको छ ।
उनले चलाएको २९ सीडी ३ नम्बरको कुटनीतिक नम्बर प्लेटको कारले वीर अस्पतालका चिकित्सकले चलाएको मोटरसाइकललाई ठक्कर दिएपछि उनलाई तत्काल ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको थियो ।
उनले मापसे गरी अनियन्त्रित रुपमा कार हाँकेको प्रहरीले बताएको छ । हेले चलाएको कारले वीर अस्पतालका चिकित्सक विजय पाण्डेको बा ७२ प ६४२२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । कारको ठक्करबाट पाण्डे सामान्य घाइते भएका छन् ।
कार ट्राफिक प्रहरीको नियन्त्रणमा छ । प्रहरीले होलाई ट्राफिक नियमसम्बन्धी जनचेतनामुलक कक्षामा सहभगी गराउने सर्तमा दूतावासको जिम्मा लगाएको छ ।
उत्तरी कोरियाली सेनाको स्थापना दिवसका अवसरमा उनले रक्सी पिएको स्वीकारेका छन् भने घाइते डाक्टरलाई क्षतिपूर्ति दिन तयार भएका छन् ।


0 comments
प्रतिक्रिया दिनुहोस्...