इटहरी / इटहरी लगायत अासपासका सहरहरू तथा भिडभाडहुने स्थानबाट पैसा फालेकाे नाटक गरी चाेरी गर्ने गिराेह सकृय भएर लागिपरेकाे पाइएकाे छ । पूर्वकाे केन्द्र इटहरी स्थित गाेरखा डिर्पाटमेन्ट स्टाेरकाे पार्किङस्थलबाट उक्त गिराेहले दिनदहाडै पैसा फालेकाे नाटक गरी एक ब्याक्तीकाे नगद सहितकाे झाेला लिएर फरार भएकाे भिडियाे सार्वजनिक भएपछि त्यस्ता गिराेह इटहरी क्षेत्रमा सकृय भएर लागिपरेकाे पाइएकाे हाे ।
बैशाख ४ गते शनिबार गाेरखा डिर्पाटमेन्टबाट केहि सामान खरिदगरी घर फर्कन तयार रहेका झापाकाे मेचिनगर ५ निवासी डमरवल्लभ पाैडेलकाे नगद सहिदकाे ब्याग चाेरी गरी फरार भएकाे भिडियाे सार्वजनिक भएकाे हाे । भिडियाेलार्इ इलाका प्रहरी कार्यालय इटहरीले सार्वजनिक गरेकाे हाे ।
भिडियाेमा ३ जनाकाे चाेरीमा संलग्न देखिएकाे छ भने चाेरीमा संलग्न तिनै जनालार्इ प्रहरीले पक्राउ गरिसकेकाे छ । घटना लगत्तै प्रहरीमा उजुरी दिन पुगेका पिडित पाैडेलले अाफुलार्इ पैसा फालेकाे नाटक गरी नगद सहितकाे ब्याग चाेरी गरी फरार भएकाे बताए । यता प्रहरीले घटनामा संलग्न भारतकाे बंगाल निवासी वर्ष १८का रितेश दास बर्ष १९ का सञ्जु राय , र बर्ष ५० का शर्मा ग्वालालार्इ पक्राउ गरीसकेकाे छ । घटनाकाे दुइ घण्टा भित्रै अभियुक्तहरू पक्राउ गर्न प्रहरी सफल बनेकाे इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी अाेम अधिकारीले बताए ।
पक्राउ तिनै जनाबिरूद्ध सम्मानित अदालतबाट म्याद थप गरी थप अनुसन्धान भईरहेको इलाका प्रहरी कार्यालय इटहरीले जनाएकाे छ । समाजमा हुने त्यस्ता घटना देखि सावधानि अपनाउन अनुराेध गर्दै उक्त भिडियाे सार्वजनिक गरीउकाे इलाका प्रहरी कार्यालय इटहरीले जनाएकाे छ ।


0 comments
प्रतिक्रिया दिनुहोस्...