-->
साहिद बुबा बन्दा करिना खुसी

एजेन्सी,६ बैशाख,काठमाण्डौ ।
बलिउड अभिनेता साहिद कपुरलाई धोका दिएर सैफअली खानसँग बिहे गरेकी करिना कपुर र साहिद लामो समय देखि पानी बाराबारको स्थिती सम्म पुगेका थिए । तर,लामो अबधी पछि फिल्म ‘उड्ता पञ्जाब’को ट्रेलर रिलिजले भने यि दुईको भेट गराएको छ ।
फिल्म ‘उड्ता पञ्जाब’को ट्रेलर रिलिजमा उपस्थिती साहिद कपुरले आफू बाबु बन्न लागेको कुरा पुष्टी गरेपछि करिना समेत खुसी देखिएकी छिन् । लामो समयदेखि साहिद पत्नी मिरा गर्भवती भएको खबर आईरहेको थियो ।
उक्त कार्यक्रममा साहिदले करिनासँग सो फिल्ममा आफ्नो कुनै पनि दृश्य नभएको बताए । अभिनेत्री आलिया भट्टले कार्यक्रममा संवाद समेत सुनाएकी थिइन् । साहिद, करिना र आलियाले एकसाथ तस्बिर पनि खिचाएका थिए । जुन तस्बिर अहिले चर्चामा छ ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.