-->
अन्तिम मिनेटको पेनाल्टीले लिसेस्टर हारबाट जोगियो, उपाधि नजिक

५ वैशाख, काठमाडौं । अन्तिम मिनेटमा पाएको पेनाल्टीमा ले गोल गरेपछि लिसेस्टर वेष्टहृयामसँग पराजित हुनबाट जोगिएको छ । र, प्रिमियर लिगको उपाधि नजिक पुगेको छ ।
आइतबार घरेलु मैदानमा भएको खेलमा लिग लिडर लिसेस्टरले वेष्टहृयामले २-२ गोलको बराबरी खेलेको हो ।
खेलमा लिसेस्टरले १८ औं मिनेटमा भर्डीको गोलबाट अग्रता लिएको थियो । तर, ५६ औं मिनेटमा भर्डीले रातो कार्ड पाए । अनावश्यक डाइभ हानेको भन्दै रेफ्रीले उनलाई दोस्रो पहेँलो कार्ड दिएका थिए । तर, रेफ्रीको यो निर्णय गलत थियो ।
खेलको ८४ औं मिनेटमा वेष्टहृयामले पेनाल्टी पायो । रेफ्रीको यो निर्णय पनि सन्तोषजनक थिएन । पेनाल्टीमा एन्डी क्यारोलले गोल गरे । त्यसको दुई मिनेटपछि नै क्रिसवेलले गोल गर्दै वेष्टहृयामलाई २-१ को अग्रता दिलाए ।
तर, खेलको अन्तिममा लिसेस्टरले पेनाल्टी पायो । क्यारोलले फल गरेको भन्दै रेफ्रीले पेनाल्टी दिए । यो सफ्ट पेनाल्टी थियो । यसअघि आफूले लिएका दुई निर्णय लिसेस्टरको विपक्षमा भएकाले उनले सफ्ट फलमा नै पेनाल्टीको संकेत गरे ।
जसलाई सदुपयोग गर्दै लिओनार्डो उल्लोले गोल गरे । र, लिसेस्टरलाई घरेलु मैदानमा हारबाट जोगाए ।
जितपछि लिसेस्टरले ८ अंकको अग्रता लिएको छ र लिगमा ४ खेल खेल्न बाँकी छ । लिसेस्टरको ७३ अंक छ भने दोस्रो स्थानमा रहेको टोटनहृयामको ६५ अंक छ र उसले एक खेल कम खेलेको छ ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.