एजेन्सी: बिहारको औरङ्गाबादस्थित एक घरमा शुक्रवार तिलकको कार्यक्रम भइरहँदा आगलागीमा परेर १२ जनाको ज्यान गएको छ।
क्षणभरमै फैलिएको आगो घरमा सल्किँदा ६ बालबालिकासहित १२ जनाको ज्यान गएको हो यो घटनामा अन्य ६ जना गम्भीर घाइते भएका छन्।
यो घटना दाउदनगर प्रहरी कार्यालय क्षेत्र तडार गाउँको हो। घरमा फसेका मानिसले भाग्ने समेत नपाएको समाचारमा जनाइएको छ।
समाचार अनुसार सबैभन्दा पहिले आगो हरिनगर टोलस्थित भोला रामका घरमा सल्केको थियो । यो आगो चाँडै नै छिमेकीको घरमा पनि पुगेको थियो ।
केहीबेरमा अन्य तीन घरमा पनि पुगेको आगोले टोल नै खरानी बनाएको हो। घमा फसेका मानिसले ज्यान जोगाएर भाग्ने मौका समेत नपाएको बताइएको छ।
घरमा गाउँभरिका मानिसको जमघट भएकाले मर्नेको सख्या धेरै भएको हो। अहिलेसम्म आगो लाग्नुको कारण पत्ता लागेको छैन।
बिहार सरकारले मृतकका परिवारलाई जनही ४-४ लाख रुपैयाँ दिने जनाएको छ । घाइतेहरुलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ।


0 comments
प्रतिक्रिया दिनुहोस्...