भोजपुरमा यात्रुबाहक बस दुर्घटना हुँदा ६ जना गम्भिर घाईते भएका छन् । आइतबार भोजपुरवाट धरानका लागि छुटेको ना ४ ख ४५७८ नम्वरको बस जरायोटारको भर्लावोटवाट चिप्लिएर दुर्घटना हुँदा ६ जना गम्भिर घाईते भएका हुन् । उक्त दुर्घटनामा परि १८ जना सामान्य घाईते भएका छन् । गम्भिर घाईते भएका ६ लाई भने उपचारको लागि धरान स्थित विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ । अन्य घाईतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । वसमा ४० भन्दा वढि यात्रु सवार थिए ।
वसका चालक गणेश भण्डारी भने सकुसल छन् । जिल्ला प्रहरी प्रमुख राजकुमार लम्सालले चालक भण्डारीलाई नियन्त्रणमा लिएको बताएका छन् ।


0 comments
प्रतिक्रिया दिनुहोस्...