-->
रूसले रोकिदियो अमेरिकी वायु सेनाको विमान

वासिङ्गटन: बाल्टिक सागरमाथि अन्तर्राष्ट्रिय वायु क्षेत्रमा नियमित मार्ग हुँदै उडिरहेको अमेरिकी वायु सेनाको एक टोही विमानलाई रूसी एसयु-२७ जेटले जबरजस्ती रोकिदिएको छ।
पेन्टागनका एक प्रवक्ता लारा सिलले बताए अनुसार अमेरिकी विमानले अन्तर्राष्ट्रिय वायु क्षेत्रमा उडान भरिरहेका बेला रुसले जबरजस्ती रोकिदिएको हो ।
अमेरिकाले आफ्नो विमानले रूसी भूभागमा प्रवेश नगरेको दाबी गरेको छ। समाचार अनुसार रुसले आकाशमै रोकिदिएको अमेरिकी विमान आरसी-१३५ रहेको छ।
अमेरिकी सेनाको यूरोपियन कमानले बताए अनुसार अघिल्लो साता रूसी विमानले युएसएस डोनाल्ड कुक पोतमाथिबाट लगातार उडान भरेको थियो ।
मंगलवार रूसी एसयु-२४ ले यस पोतको केबल नौ मिटरमाथिबाट उडान भरिरहँदा हमला गरेजस्तो दृश्य देखिन्थ्यो ।रुसले अमेरिकी विमानमाथिबाट भएको उडानलाई युद्ध निम्त्याउने नियत नभएको जनाएको छ।
‘असुरक्षित र गैरकानुनी तरिकाबाट हावामा विमानलाई रोक्दा विमानमा सवार सबै मानिसको ज्यान जोखिममा पर्न सक्थ्यो’, बिहीबारको घटनाका बारेमा सिलले भने, ‘सर्वाधिक महत्वपूर्ण कुरा भनेको एक्लै रहेका पाइलटलाई असुरक्षित र गैरकानुनी शैलीमा रोक्दा दुबै देशबीच तनावमा अनावश्यक वृद्धि हुन सक्छ ।’


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.