-->
उत्तर कोरियाद्वारा आज फेरि अर्को मिसाइल परीक्षण

उत्तर कोरियाले आज फेरि अर्को मिसाइल परीक्षण गरेको छ । यद्यपि, मिसाइल परीक्षण सफल नभएको दक्षिण कोरिया र अमेरिकाले दाबी गरेका छन् ।
उत्तर कोरियाले परीक्षण गरेको मिसाइल सफल नभएको दक्षिण कोरियाले जनाएको हो । उत्तर कोरियाका संस्थापक नेता तथा उत्तर कोरियाली नेता किम जोङ उङको हजरबुबा किम इलको जन्मदिन पारेर शुक्रवार मिसाइल परीक्षण गरिएको हो । मिसाइल परीक्षण गर्दै उत्तर कोरियाले दक्षिण कोरिया र अमेरिकामाथि मनोवैज्ञानिक त्रास दिइरहेको छ । संयुक्त राष्ट्र संघले उत्तर कोरियाको यस्तो गतिविधिमाथि पहिलैदेखि निन्दा गर्दै आएको छ । यसअघि उत्तर कोरियाले गएको जनवरीमा परमाणु परिक्षण गरेको थियो भने फेब्रुअरीमा स्याटलाइटमार्फत न्युक्लियरको सफल परीक्षण गरेको दाबी गर्दै आएको छ ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.