यो साता चाँदीको मूल्य बृद्धिदर उच्च देखिएको छ। साताको पहिलो दिन आइतवार प्रतितोला ७ सय १० रुपैयाँ रहेको चाँदी साता कारोबारको अन्तिम दिन बिहिबारसम्म बढेर ७ सय ४५ रुपैयाँ पुगेको छ।
सातामै ४ दशमलव ९ प्रतिशतले चाँदीको मूल्य बढेको हो। प्रतिशतको आधारमा चाँदीको मूल्य बृद्धि सुनको भन्दा साढे ६ गुणा बढी हो। सामान्य दिनहरुमा प्रतिशतका आधारमा चाँदी र सुनको मूल्य बृद्धिदर उस्तै हुने गर्दछ।
यो साता सुनको मूल्य पनि प्रतितोला ४ सय रुपैयाँले बढेको छ। साता कारोबारको पहिलो दिन ५४ हजार १ सय रुपैयाँ रहेको सुनको भाउ अन्तिम दिन ५४ हजार ५ सय रुपैयाँ पुगेको छ। मूल्य बृद्धिदरका आधारमा भने यो ०. ७ प्रतिशत मात्रै बढी हो।


0 comments
प्रतिक्रिया दिनुहोस्...