-->
अव आन्दोलन होइन विकाश गरौं- प्रम ओली

१० बैशाख, काठमाडौं ।
प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी एमाले बम्पर उपहार पाएको पार्टी नभएर संघर्ष गरेर आएको पार्टी भएको बताएका छन् ।
कम्युनिष्ट पार्टीको ६७ औं स्थापना दिवस तथा लेनिन जयन्तीको अवसर पारेर आयोजित कार्यक्रममा ओलीले मार्क्सवाद जस्तो उत्कृष्ठ दर्शन कुनै नभएको भन्दै एमाले मार्क्सबादलाई अङ्गाल्दै अघि बढेको पार्टी भएको बताए ।
फाइल तस्बिर
पूर्व राष्ट्रपतिको भनाइलाई लक्षित गर्दै उनले संविधान बनाउन नदिने चलखेल भएको भएपनि आफूहरुले संविधान जारी गरेरै छोडेको बताए ।
कांग्रेसले लगाएको आरोप खण्डन गर्दै ओलीले आफूले एकलौटी गर्न खोजेको राजदुत नियुक्ति आफूले गर्दा कांग्रेस रिसाएको बताए ।
आन्दोलन होइन विकाश
शान्ति र समृद्धी एक मात्र एजेण्डा भएको पनि ओलीले बताए । आन्दोलन छोडेर विकाशमा लाग्न आह्वान गर्दै उनले मधेशी दलहरुलाई आन्दोलनका कार्यक्रम स्थगित गर्न आह्वान गरेका छन् ।
ओली सरकार ढाल्न आन्दोलनको कार्यक्रम घोषणा गर्दै गठबन्धन
केपी ओली हटाउन पार्टीभित्र आन्दोलन गर्छौं- गोपाल किराँती
ओली सरकार ढाल्न सडकमा आउँछौं- कृष्ण सिटौला
केही बेर अघि मात्र मधेशी मोर्चाले नयाँ चरणको आन्दोलन घोषणा गरेको छ ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.