१० वैशाख, काठमाडौं ।
एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्यले फरक–फरक विज्ञप्ती जारी गर्दै अहिलेसम्म प्राप्त उपब्धिको रक्षा गर्दै थप उपब्धि हासिल गर्न संघर्ष गर्ने बताएका छन् ।
२ नेताले नेेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवस तथा साम्यवादी नेता भि.आई. लेनिनको १४६ औं जन्म जयन्तीको अवसरमा जारी गरिएको विज्ञप्तीमा जनयुद्धदेखि शान्ति प्रक्रियासम्म आइपुग्दा पनि अझै जनता मुक्त भइनसकेको बताइएको छ । दुवै अध्यक्षले पार्टी एकता नै अहिलेको आवश्यकता भएकोमा जोड दिदै सच्चा कम्युनिष्ट र माओवादी शक्तिहरु एकताबद्ध हुनुपर्ने बताएका छन् ।
फाइल तस्विर
लेनिनको जन्म जयन्तीको अवसर पारेर ६७ वर्ष अघि २००६ सालमा नेपाल कम्युनिष्ट पार्टीको स्थापना भएको थियो । नेपालको कम्युनिष्ट आन्दोलन अनेकौं आरोह र अवरोह छिचोल्दै अघि बढिरहेको बताउदै प्रचण्डले जनयुद्ध र जनआन्दोलन हुँदै आएको यो आन्दोलन अहिले पनि राष्ट्रिय राजनीतिको केन्द्रमा रहेको बताएका छन् । विज्ञप्तीमा भनिएको छ, जनयुद्धको जगमा भएको जनआन्दोलनले शताब्दीयौं लामो राजतन्त्रलाई अन्त्य गरी संविधानसभाद्वारा गणतन्त्र, धर्म निरपेक्षता, संघीयता, समावेशीता, लगायतका राजनीतिक उपलब्धि सुनिश्चित गरेको छ । जसले समाजवादी क्रान्तिको दिशामा अगाडि बढ्न महत्वपूर्ण आधार तयार गरेको छ । प्रचण्डले विज्ञप्तीमा भनेका छन–प्राप्त उपलब्धीको रक्षा र थप उपलब्धीहरुको निम्ति संघर्ष गर्नु आजको हाम्रो दायित्व हो ।’
प्रचण्डले बोलाएपछि हिसिला यमी पेरिसडाँडामा
पोखराबाट प्रचण्ड र ओलीले भारतलाई प्रहार गरेको चिनियाँ अस्त्र
पार्टी स्थापना दिवस र लेनिन दिवसको यो ऐतिहासिक अवसरमा हाम्रो पार्टी देशका सम्पूर्ण क्रान्तिकारी कम्युनिष्टहरु र वामपन्थी प्रगतिशील शक्तिबीच एकता र ध्रुवीकरणको लागि अपील गर्दछ । जनवादी क्रान्तिका बाँकी कार्यभार पुरा गरी समाजवादी क्रान्तिको दिशामा अघि बढ्न आजको दिनले हामी सबैलाई प्रेरणा दिनेछ, प्रचण्डद्धारा जारी विज्ञप्तीमा भनिएको छ ।
६७ वर्षअघि यसै दिन कमरेड पुष्पलाल श्रेष्ठको नेतृत्वमा भारतको कलकत्तामा नेपाल कम्युनिस्ट पार्टीको स्थापना भएको थियो । नेपाली कम्युनिस्ट आन्दोलनले आज ६६ वर्षको उमेर पार गरेको छ । अध्यक्ष वैद्यले जारी गरिएको विज्ञप्तीमा यस अवधिमा नेपाली कम्युनिस्ट आन्दोलन वर्गसङ्घर्ष र दुईलाइन सङ्घर्ष भीषण आँधीबेहरीका बिचबाट एकता–सङ्घर्ष फुटसम्म पनि र पुनः नयाँ आधारमा नयाँ एकताको प्रक्रिया पार गर्दै अगाडि बढेको छ । हामीले देशलाई अर्धसामन्ती र अर्ध÷नवऔपनिवेशिक अवस्थाबाट मुक्त तुल्याई नयाँ जनवादी क्रान्ति सम्पन्न गरी समाजवाद हुँदै साम्यवादको महान् उद्देश्य हासिल गर्नका लागि अनेकौं जनआन्दोलन, सशस्त्र सङ्घर्ष र दश वर्षको महान् जनयुद्धका श्रृङ्खला पार गर्दै आएका छौं विज्ञप्तीमा भनिएको छ,‘देश र जनता अझै मुक्त हुन सकेका छैनन् । कम्युनिस्ट आन्दोलनमा दक्षिणपन्थी संशोधनवादको हैकम अत्यन्तै तीव्र बन्दै आएको छ ।’
देशमा बढ्दै गएको साम्राज्यवादी विस्तारवादी हस्तक्षेप तथा दलाल नोकरशाही पुँजीपति एवम् सामन्तवर्गीय उत्पीडनका विरुद्ध नयाँ जनवादी क्रान्तिको नयाँ तयारी र अर्कोतिर दक्षिणपन्थी संशोधनवादका विरुद्ध भीषण वैचारिक सङ्घर्ष चलाउँदै सच्चा क्रान्तिकारी कम्युनिस्टसहित माओवादी शक्तिलाई एकताबद्ध तुल्याउनुपर्ने ऐतिहासिक कार्यभार समुपस्थित रहेका छन् वैद्यद्धारा जारी विज्ञप्तीमा भनिएको छ ।


0 comments
प्रतिक्रिया दिनुहोस्...