-->
यी हुन ४० लाखको साडी लगाउने दक्षिण एसियाकै धनाढ्य महिला

एजेन्सी । भारतकै सर्वाधिक धनाढ्य मुकेश अम्बानीकी पत्नी नीता यो वर्ष एसियाकै सर्वाधिक शक्तिशाली महिला उद्यमीमा सूचीकृत भएकी छन् ।
रिलायन्स फाउन्डेसनकी प्रमुखसमेत रहेकी नीता यस क्षेत्रको ५० प्रमुख महिला उद्यमीको सूचीमा शीर्ष स्थानमा परेकी हुन् । यद्यपि अर्बपति मुकेश अम्बानीकी पत्नी भएर मात्रै नीता चर्चामा आएकी होइनन् । उनको अनौठो रुचिले उनलाई चर्चामा ल्याउने गरेको छ । नीता एउटी ‘फेसन आइकन’ का रुपमा समेत चिनिन्छिन् ।
कुनै पनि चलचित्र हस्तीभन्दा बढी चर्चामा रहन रुचाउने नीताका बारेमा अघिल्लो वर्षको जुलाईमा एउटा सन्देश यू–ट्युब र ह्वाट्सयापमा भाइरल भएको थियो, जसमा नीताले ४० लाखको साडी लगाएको चर्चा गरिएको थियो । उनले यो साडी २०१४ को एक समारोहमा लगाए पनि त्यसको एक वर्षपछि मात्रै चर्चामा आएको थियो । त्यसमा गरिएको बुट्टाहरुमा सुनका बुट्टाहरु प्रयोग गरिएको थियो । साडीमा हिरा, एमराल्ड‘ ‘रुबी’, पुष्पराज, टोपाज, पर्ल, क्याट आइज र कोरलको प्रयोग गरिएको थियो । उक्त साडीको तौल ८ किलोको थियो । कुनैपनि मेसिनको प्रयोग नगरीकन उक्त साडी तयार पार्न पूरै एक वर्ष लागेको थियो । उक्त साडीलाई ‘गिनिज बुक अफ टी वल्र्ड’मा रेर्कड गरिएको छ ।
नीता अम्बानीका दिनको सुरुवात जापानको सबैभन्दा पुरानाे क्रोकरी ब्रान्ड ‘नोरिटेक’ को कपमा चिया पिएर हुन्छ, जसको मूल्य ३ लाख भारतीय रुपैयाँ पर्छ । आइपीएल टिम मुम्बई इन्डियन्सको को–अनरसमेत रहेकी नीताले यसमा करिब ११ दशमलव २ करोड अमेरिकी डलर खर्च गरेको रेकर्ड छ । यो वर्ष उनले ‘एसियाको ५० शक्तिशाली उद्यमी महिला’ को उपाधि हात समेत पारेकी छिन् ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.