मुम्बइ-बलिउड अभिनेत्री सोनाक्षी सिन्हाको सबैभन्दा ठूलो मोह के हो भनी सोध्दा धेरैले भन्न सक्छन्– अभिनय । निश्चय पनि अभिनयप्रति उनमा ठूलो मोह छ । तर, त्यति नै मोह फेसन डिजाइनिङप्रति पनि उनले राख्ने गरेकी छिन्।
अभिनयमा लाग्नुअघि उनले फेसन डिजाइनिङसम्बन्धी अध्ययन गरेकी थिइन् । 'अध्ययनपछि योसँग सम्बन्धित काम गर्नुअगावै उनी फिल्म क्षेत्रमा प्रवेश गरिन् । तर, अहिले पनि फेसन डिजाइनिङप्रतिको उनको मोह घटेको छैन । पहिरनसम्बन्धी ब्रान्ड लन्च गर्ने उनको सपना छ र यसका लागि उनी काम पनि गरिरहेकी छिन्,' उनीनिकट स्रोतलाई उद्धृत गर्दै समाचारमा जनाइएको छ ।


0 comments
प्रतिक्रिया दिनुहोस्...