ब्रोकाउली खानाले शरीरमा चमत्कारिक लाभ हुन्छ । यसमा पाइने आइसोथायोसाइनेट्सले क्यान्सर उत्पन्न गर्ने कोशिकाको प्रभाव कम गर्न सहयोग गर्ने इन्जाइम निर्माणमा पनि सघाउ पु¥याउछ । यसमा भिटाभिन सि हुने भएकाले पुरुषको स्वास्थ्यका लागि अचूक औषधि मानिएको छ । ब्रोकाउली भिटामिन सीले भरिपूर्ण हुन्छ । यसले प्रतिरक्षा प्रणालीलाई पनि मजबूत बनाउछ। ब्रोकाउलीले मधुमेह नियन्त्रण गर्न मद्धत गर्छ । ब्रोकाउलीमा बिटा – कैरोटीन हुन्छ जसले आँखामा मोतिबिन्दु र मस्कुलर डीजेनरेशन हुनबाट पनि रोक्छ। ब्रोकाउली छालाका लागि निकै राम्रो मानिन्छ । ब्रोकाउलीमा क्याल्शियम, फोस्फोरस, म्याग्निशियम र जिंक पाइन्छ। जसले शरीरका हड्डीलाई मजबूत बनाउछ। ब्रोकाउली शरीरलाई एनीमिया र एल्जाइमर हुनबाट पनि बचाउँछ। यसमा अधिक मात्रामा आइरन पनि पान्इन्छ । ब्रोकाउलीले स्तन क्यान्सरको सम्भावनालाई कम गर्छ ।


0 comments
प्रतिक्रिया दिनुहोस्...