नेपालको दोस्रो व्यापायिक केबलकार राजधानीको चन्द्रागिरीमा सञ्चालनमा आउने भएको छ । परीक्षणको काम भइरहेको केबुलकार जेठको अन्तिम साताबाट सर्वसाधारणले चढन पाउने भएका छन् । भुकम्प नाकाबन्दीको कारण निर्माणमा कार्यमा केही ढिलाई भएपनि मुख्य निर्माणको काम सपन्न भएपछि जेठ अन्तिमबाट सञ्चालनमा ल्याउने तयारी काठमाडौ फन पार्क प्रालिले गरेको छ ।
चन्दागिरीमा केबलकारको ‘टेस्ट ड्राइभ’को काम भइसकेको छ । पोलमा बेलकार फिट गरेर दैनिक रुपमा ओहोर दोहार हुने गरेको छ । टेस्ट ड्राइभको क्रममा हाल सामना ओसार पसारको काम समेत हुँदै आएको छ । केबलकार निर्माणको ९० प्रतिशत काम सम्पन्न भएको सञ्चालक अम्बिका प्रसाद पौडेलले बताए । उनले भने, अत्याधुनिक प्रविधिको प्रयोग गरेर निर्माण गरिएको केबलकार सञ्चालमा आएपछि चन्द्रागिरिलाई नेपालकै प्रमुख पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने सकिने बताए ।
थानकोटको त्रिभुवन पार्कसँगै रहेको बटम स्टेसनबाट र टप स्टेसन पुग्न साढे दुई किलोमिटरको यात्रा गर्नको लागि केलबकारबाट जम्मा नौ मिनेट मात्र लाग्छ । बटम स्टेसनबा टप स्टेसन पुग्न नौ मिनेटमा पुग्न सकिन्छ । परियोजना सञ्चालनसँगै यहाँका स्थानीयमा पनि रोजगारी सृजना भएको छ ।
केबलकार निर्माणसँगै अत्याधुनिक सुविधासम्पन्न रिसोर्ट, मनोरञ्जन पार्क, भ्युटावर र महादेवको मन्दिरसमेत प्रालिले निर्माण गरी आकर्षक गन्तव्यको रुपमा पहिचान दिने गरी तयारी गरेको छ ।
३ अर्ब १५ करोड रुपैयाँ लागतमा निर्माणधिन केबलकारले तीन सय जना भन्दा बढीलाई रोजगारी दिनेछ । केबलकार निर्माणमा अस्ट्रियाको डोपल कम्पनीको प्रविधि प्रयोग गरिएको छ । जुन प्रविधि अत्याधुनिक रहेको प्रालिले बताएको छ ।
समुद्री सहतबाट २ हजार ५ सय ४० मिटर उचाईमा रहेको चन्द्रागिरीबाट काठमाडौं उपत्यका, मकवानपुर, अन्नपूर्णदेखि सगरमाथासम्मका हिमाली श्रृङखलाहरु सहज रुपमा अवलोकन गर्न सकिने पौडेलले बताए । केबलकारको बटम स्टेसनमा रेस्टुराँ, सपिङ सेन्टर सहित आर्कषक पार्क रहने छ ।
चन्द्रागिरीको सबैभन्दा उच्च भागमा भालेश्वर मन्दिर निर्माण गरिएको छ । पृथ्वीनारायण शाहले काठमाडौंमाथि विजय प्राप्त गर्नु अघि भालेश्वर महादेवको दर्शन गरी आशीर्वाद लिएको धार्मिक शास्त्रहरूमा उल्लेख गरिएको पाइन्छ । साथै यस स्थानलाई सतीदेवीको निधार पतन भएको स्थान भएकाले भालेश्वर नामकरण गरिएको स्थानीय बताउँछन ।
यस मन्दिरमा पुगेर दर्शन गर्नाले मनकामना पूरा हुने जनविश्वास रही आएको छ । धार्किक ऐतिहासिक र सांस्कृति रुपमा पहिचान बनाएको यस क्षेत्रमा केबलकार सञ्चालन हुने भएको छ । यस मन्दिरमा बर्षको दुई पटक मेला लाग्ने गर्दछ ।
केबलकारसहितको सम्पूर्ण परियोजनामा ग्लोबल आईएमई समूह, भाटभटेनी, अम्बिकाप्रसाद पौडेल, उत्तम नेपाल, नवराज नेपाल र उमा जीसीको लगानी रहेको छ । प्रालिले सरकारसँग ४० बर्षको लागि जग्गा भाडामा लिएको छ ।
टावरमा ३८ वटा गोन्डला (केबलकार बक्स) जडान गरिएको छ । केबलकार बक्स निकै अत्याधुनिक रहेको छ । एउटा केबलकारमा एकै पटक आठ जना बस्न मिल्छ । प्राकृतिक रुपले सुन्दर चन्द्रागिरीलाई ऐतिहासिक र धार्मिक हिसाबले पनि महत्पूर्ण भएको र राजधानीभित्रै भएकाले यस स्थानलाई छनोट गरेको सञ्चालक पौडेलले बताउछन् ।
राजधानी काठमाडौमा हाल झण्डै ४० लाख मानिसहरु बसोबास गर्ने गर्छन । केबलकारसँगै थानकोबाट १० किलोमिटर सडक यातायात मार्फत पनि चन्द्रागिरि डाँडोमा पुग्न सकिन्छ । नेपालमा मनकामना केलबकारपछिको चन्द्रागिरी केबलकार दोस्रो व्यावसायिक परियोजना हो । परियोजनाका अनुसार बटम स्टेसनमा दुई सय कार, चास सय मोटरसाइटक र एक सय बस पार्किङ गर्ने पार्किङस्थलको व्यवस्था गरिएको छ । लोडसेडिङको समयमा जेनेरेटर मार्फत सेवा उपलब्ध गराउने प्रालिले बताएको छ ।


0 comments
प्रतिक्रिया दिनुहोस्...