-->
सरकारी कर्मचारीको तलब अचानक ५० प्रतिशतले बढ्यो !

काठमाडौं, १४ वैशाख । नेपाल सरकारको एक मन्त्रालयले आफ्ना मातहतका कर्मचारीको तलब एकाएक ५० प्रतिशतले बृद्धि गरेको छ ।
भूकम्प र नाकाबन्दीले देशको अर्थतन्त्र तंग्रिन नसकेको अवस्थामा ग्रामीण खानेपानी तथा सरसफाइ कोषका कर्मचारीको तलब ५० प्रतिशतले बृद्धि गरिएको हो ।
विदेशी दाताको सहयोगमा नेपाल सरकार अन्तर्गतको विकास समिति ऐन अन्तर्गत संचालित कोषले अर्थमन्त्रालयसँग सहमति नै नलिइ तलव बृद्धि गरेको छ ।
लक्षित उद्देश्य अनुसार काम नगरी कोषको रकम कार्यकारी निर्देशक भूपेन्द्र अर्यालको टोलीले अनियमितता गरेको आरोप लाग्दै आएको छ ।
विश्वबैंकको सहयोग रहेको कोषले केही दिनअघि कर्मचारीको तलब ५० प्रतिशतले बृद्धि गरेको छ ।
खानेपानी तथा सरसफाई मन्त्रालयले अर्थ मन्त्रालयसँग सहमति नै नलिइ तलब बढाउन स्वीकृति दिएको छ । दृष्टि साप्ताहिकमा समाचार छ ।
तपाईको प्रतिक्रिया


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.