काठमाडौं, १४ वैशाख । नेपालमा मंगलबार दिउँसो फेरि भूकम्प गएको छ । भूकम्पको धक्का काठमाडौं उपत्यकामा महसुस गरिएको छ ।
वैशाख १२ गते गएको विनाशकारी भूकम्पको एक वर्षपछि मंगलबार रसुवालाई केन्द्र बनाएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
उसका अनुसार रसुवाको गोसाइकुन्ड आसपास क्षेत्रमा दिउँसो ३ बजेर १८ मिनेटमा ४ दशमलब ३ रेक्टर स्केलको भूकम्प गएको हो ।भूकम्पको धक्का रसुवा र नुवाकोटसहितका जिल्लामा पनि महसुस भएको थियो ।
यसअघि वैशाख १२ गतेकै दिन नुवाकोट केन्द्र भएर पराकम्पन गएको थियो ।


0 comments
प्रतिक्रिया दिनुहोस्...