नेपाली चलचित्रमा भन्दा पनि गायन क्षेत्रमा चर्चित नाम हो, यश कुमार । यशले गाएका थुप्रै गीतहरु चर्चामा रहे । तर, उनै यश कुमार चलचित्र क्षेत्रमा लागेपछि गायनमा कम सक्रिय छन् । चलचित्रमा अभिनयदेखि निर्माणमा पनि लागेका यशले बनाएको ‘बाटो मुनिका फूल’ चर्चामा रह्यो । उनी ‘आधी बाटो’ नामक चलचित्रमा पनि देखिए ।
यशले आफूले ‘सी ग्रेड’का १० वटा भन्दा बढी चलचित्र छाडेको दाबी गरे । एक कार्यक्रममा बोल्दै यश कुमारले आफूले पैसा कमाएर श्रीमती र छोरछोरी पाल्नु पर्ने अवस्था नभएको बताए । आफ्नो श्रीमतीको कमाइले नै घरबार राम्रोसँग चलेको भन्दै उनले आफू पनि विदेश गएर बस्ने सक्ने तर्क गरे ।
तर, नेपाली चलचित्र र गीतसंगीतमै केही गर्ने इच्छाले आफू विश्वका सम्पन्नशाली मुलुकमा जान सक्ने भएर पनि नगएको उनको भनाई थियो यशका अनुसार उनी नायक होइनन् । यशले भने-‘म हिरो नै होइन । मलाई कसैले हिरो भन्यो भने लाज लाग्छ ।’


0 comments
प्रतिक्रिया दिनुहोस्...