-->
दिल्लीमा गर्मीको नयाँ रेकर्ड, दश वर्षकाे रेकर्ड ताेडियाे

नयाँ दिल्ली । भारतको नयाँ दिल्लीमा गर्मी निकै बढेको छ । अप्रिलको शुरुवाती दिनमै दिल्लीमा अत्याधिक गर्मी भएको छ ।
शनिवार दिल्लीमा पछिल्लो दश वर्षको गर्मीको रेकर्ड तोड्दै ४१ दशमलव १ डिग्री सम्म पुगेको छ ।
दिल्लीको पालममा शनिवार अधिकतम तापक्रम ४१.२ डिग्री सेल्सियस रेकर्ड गरिएको छ, जो सामान्य भन्दा ७ डिग्री बढी तापक्रम हो । अप्रिल २ मा तापक्रमको मापन गरिदा दश वर्षकै बढी देखिएको हो
उता भारतको राजस्थानमा गर्मी तेब्बर बढेको छ । शनिबार ४२ डिग्री सेल्सियस मापन गरिएको थियो ।
नेपालमा भने केही दिनदेखि मौसममा बदलाव आइ तुवाँलो लागेको कारण जमीन धेरै तात्न पाएको छैन । केही दिनदेखि काठमाडौंको आकाशमा तुवाँलो देखिएको छ । आइतबार विहान काठमाडौंको तापक्रम २० डिग्री सेल्सियस रहेको छ । धनगढी र नेपालगञ्जको तापक्रम सबैभन्दा बढी ३३ डिग्री सेल्सियस रहेको छ ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.