काठमाडौं- ऐतिहासिक सफलता नजिक पुगेको नेपाली महिला बास्केटल टोली शनिबारश्रीलंकासँग पराजित भएपछि प्रथम दक्षिण एसियाली आमन्त्रण बास्केटबलमा स्वर्ण पदक जित्न असफल भएको छ।
नेपालले फाइनलमा श्रीलंकालाई ७५–४९ ले नतिजा सुम्पेपछि पहिलोपल्ट अन्तर्राष्ट्रिय प्रतियोगितामास्वर्ण जित्ने मौका चुकाएको जित्यो। राउन्ड रोबिन लिगका आधारमा भएको प्रतियोगितामा नेपाल उपविजेता सीमित भयो।
त्रिपुरेश्वरस्थित कभर्ड हलमा पहिलो क्वार्टरमा १५–११ ले अग्रता लिएको श्रीलंकाले दोस्रो क्वार्टरमा २०–१३ स्कोर गरेको थियो। तर, तेस्रो क्वार्टरमा१७–१६ स्कोर गर्दै खेलमा कमब्याक गर्ने कोसिस गर्नाका बावजुत डिफेन्स र सुटिङ कमजोर भएपछि घरेलु कोर्टमा नेपालले पुनरागमन गर्न सकेन।
नेपालको स्कोर माथि उकास्न भावना लामाले सर्वाधिक ११ स्कोर गरिन्। प्रतियोगिता धेरै स्कोर गरेकी स्नेहा श्रेष्ठले श्रीलंकाविरुद्ध ८ स्कोरमात्र गरिन्। उनी४ खेलमा ७१ स्कोर गर्न सफल भइन्। राष्ट्रिय टोलीकी उपकप्तान प्रीति तुलाचनले फाइनलमा ६ स्कोर गरिन्। श्रीलंकाका लागि इरान्दी गालेजले १४ स्कोर गरिन्।
दोस्रोपल्ट अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने अवसर पाएको नेपाली महिला टोलीले शनिबार जितेको रजत पदक पहिलो अन्तर्राष्ट्रिय पदक हो। फाइनल नेपाली बास्केटलको 'टर्निङ प्वाइन्ट' को रूपमा लिएका प्रशिक्षक विकास शाहीले प्रतियोगिताबाट आफ्नो स्तर मूल्यांकन गर्ने अवसर पाएको बताए। 'हामी आजको खेललाई लिएर उत्साही थियौं। जित्न सकेको भए नेपाली बास्केटबलको इतिहासमा अतुलनीय परिवर्तन हुन सक्थ्यौं। त्यसले बास्केटबलको लोकप्रियतामाथि उकास्न सहयोग गर्ने थियो,' उनले थपे, 'सुटिङ पावर र डिफेन्स कमजोर हुँदा फाइनलमा पराजित हुनुपर्यौंी। यो हारबाट हामीले नयाँ पाठ सिक्नुपर्छ।'
शाहीले अन्तर्राष्ट्रिय उपाधि जित्न सहज नभएको बताए। उनले भने,'तयारी अनुभव, खेलाडीको बनोट धेरै कुराले प्रभाव पार्छ। प्रतियोगिताले पक्कै पनि नेपाली बास्केटबलका लागि भविष्यमा थप राम्रो नतिजा निकाल्न सहयोग गर्ने आशा छ।'
समग्र प्रदर्शनबाट सन्तुष्ट रहेको बताएका प्रशिक्षक शाहीले खेल हार्नुमा अर्को कमजोरी भनेको बेन्च खेलाडी बलियो नहुनुलाई लिए। उनले भने, 'उनीहरूको बेन्च राम्रो थियो। हाम्रोमा अलिशा मल्ल बाहेक अन्यले त्यति धेरै सहयोग गर्न सकेन। यसले सुरुआती सेटका खेलाडीलाई दबाब पर्छ।'
नेपालमा पहिलोपल्ट बास्केटबलको अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना भएको हो। पाँच टोलीले प्रतिस्पर्धा गरेकोमानेपालले ४ खेलमा ३ खेल जितेको थियो। नेपालले माल्दिभ्सलाई ७७–३६, बंगलादेशलाई ९२–२६ र भुटानलाई ९०–३२ ले हराएको हो।
श्रीलंकाका प्रशिक्षक तुवान मुरादले फाइनल जित्नेमा आफू विश्वस्त रहेको बताए। उनले भने, 'फाइनल जित्नेमा हामी ढुक्क थियौं। नेपालले राम्रो टक्कर दियो। उनीहरूले राम्रो खेले। उनीहरूको डिफेन्स राम्रो थियो। तर, हामीले अन्त्यतिर नेपालको डिफेन्स कमजोर भएको फाइदा लियौं।'
नेपाली टोलीकी कप्तान सदिना श्रेष्ठले अन्तिम क्वार्टरमा डिफेन्स कमजोर हुँदा खेलमा फर्कन गाह्रो भएको बताइन्। उनले भनिन्, 'हामीले सक्दो राम्रो खेल्ने कोसिस गर्यौंा। तर, फाइनल जित्न सकिएन।'
उपविजेता नेपाली टोलीलाई नेपाल बास्केटबल संघले १ लाख रुपैयाँ दिने घोषणा गरेको छ। प्रतियोगितामा गरेको प्रर्दशनलाई सम्मान गर्दै खेलाडीको हौसला बढाउन नगद दिने घोषणा गरेकोसंघका अध्यक्ष लामा टेन्डी शेर्पाले बताए।
प्रतियोगितामा दुई खेल जितेको माल्दिभ्स तेस्रो भयो। एक खेल जितेको भुटान तेस्रो र एक खेल पनि जित्न नसकेको बंगलादेशले चौथो स्थानमा रहे।
विजेता खेलाडीलाई उपप्रधान तथा रक्षामन्त्री भीम रावल, राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव केशवकुमार विष्ट लगायतले पुरस्कृत गरेका थिए।


0 comments
प्रतिक्रिया दिनुहोस्...