-->
मसुलधारे वर्षापछि गएको पहिरोमा परी १७ जनाको मृत्यु

भारत, भारतको उत्तरपूर्वी क्षेत्रमा मसुलधारे वर्षापछि गएको पहिरोले मजदुरहरुको शिविरलाई पुर्दा शुक्रबार कम्तिमा १७ जनाको मृत्यु भएको भारतीय प्रहरीले जनाएको छ ।
चीनको सिमाना नजिकै रहेको तवाङमा १६ जना कामदारको शिविरमै मृत्यु भएको छ भने एक जना घाइते अवस्थामा अस्पताल लैजाने क्रममा मृत्यु भएको प्हरी अधिकृत एन्टो अलफोन्सले बताउनुभयो ।
मृतक सबै कामदार हिमाली क्षेत्रमा एउटा होटल बनाउन त्यहाँ शिविर खडा गरेर बसेका थिए ।
शिविरमा सुतिरहेको बेला पहिरो आई उक्त शिविरलाई पुरेको थियो ।
उक्त क्षेत्रमा प्राय जुनदेखि सेप्टेम्बरको बीचमा ठूला पहिराहरु जाने गरेको भए पनि यसहप्ता अचानक परेको भिषण वर्षाका कारण पहिरो गएको प्रहरीले बताएको छ । पहिरो आएको बेला शिविरभित्रै सुतिरहेका तीन जना कामदार भने भागेर जीवन जोगाउन सफल भएका छन् ।
पहिरो सामुद्रिक सतहदेखि तीन हजार मिटरको उचाइमा गएको भए पनि उद्धार टोली शिविरमा पुगी मृतकको खोजीमा जुटिसकेको छ ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.