-->
अफिसमा स्वस्थ रहन यस्तो आदत बसाल्नुहोस्

अफिसमा कामको बोझका कारण मानिसले आफ्नो स्वास्थ्यमा ध्यान दिन सक्दैनन् । घण्टौं एउटै कुर्सीमा बस्नु पर्ने र कम्युटरमा काम गर्नुपर्ने भएकाले थकान र तनाव महसूस हुन्छ ।  अफिसमा व्यस्तताको बावजुद पनि स्वस्थ रहन सकिन्छ । यस्ता तरिका अपनाउदा स्वस्थ रहन सकिन्छ ।
१) स्वस्थकर खाना वा ब्रेकफास्टले दिनभर उर्जा दिन्छ ।
२) अफिसमा भोक लागेमा जंकफुडको सट्टा भिटामिनयुक्त स्न्याक खानु रनम्रो मानिन्छ । काजु, किसमिस, बदाम खानु स्वास्थ्य र स्फूर्तिका लागि उपयुक्त हुन्छ ।
३) लगातार काम गर्नुपर्ने छ भने कम्तिमा एक घण्टामा एक पटक १०/१५ मिनेट ब्रेक लिनुपर्छ । ब्रेकको समयमा शरिर तन्काउने र हल्का हिड्दा दिमागलाई आराम मिल्छ ।
४) लगातार कम्युटरमा काम गर्नुभएको छ भने आँखालाई बिचबिचमा आराम पनि आराम दिनुपर्छ । लागातार काम गर्दा आँखा थाक्ने र सुख्खा हुने हुन्छ । त्यसैले हरेक आधा घण्टामा लामो दुरीमा हेर्ने, संभव भए हरियो रुख वा गार्डेनमा हेर्ने गर्दा आँखा स्वस्थ रहन्छ ।
५) लिफ्टको सट्टा भर्याङ चढ्ने ।
६) अफिसमा चिया वा अन्य पेय पदार्थ भन्दा पानी प्रशस्त पीउने गर्नुपर्छ । एजेन्सि


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.