-->
यो हो दुनियामै बढि जुम्ल्याहा भएको गाउँ, जुम्ल्याहा जन्मिनुमा पानीलाई जस

दुनियामा एउटा यस्तो गाउँ छ जुन जुम्ल्याहाको भूमि भनेर चिनिन्छ । ल्याण्ड अफ द टि्वन्स भनेर चिनिएको गाउँ हो, युक्रेनको भेलिकाया कोपानाया ।
४ हजार जनसंख्या भएको उक्त गाउँमा जन्मिने नयाँ बच्चाहरु लगातार जुम्ल्याहा नै जन्मिएसँगै गाउँलेहरु हैरान भएका छन् । अहिलेसम्म उक्त गाउँमा जुम्ल्याहाको संख्या ६१ जोडी अर्थात् १ सय २२ जना छन् ।
एउटै गाउँमा जन्मिएका सबैभन्दा धेरै जुम्ल्याहाको रुपमा यो गाउँ तथा त्यहाँ जन्मिएका ती ६१ जोडी जुम्ल्याहाको नाम युक्रेनको राष्ट्रिय किर्तिमानी किताबमा दर्ज भैसकेको छ । सम्भवतः अब गिनिज बुकमा पनि यो गाउँको नाम दर्ज हुनेछ ।
दुनियाका कुनैपनि गाउँमा यो गाउँमा जति धेरै जुम्ल्याहा मानिस नरहेको यहाँका मानिसहरु दाबी गर्दछन् । गाउँलेहरुका अनुसार सन् २००४ पछि यो गाउँमा बढि जुम्ल्याहा जन्मिन थालेका हुन् ।
हरेक वर्ष दुइ तिन जोडी जुम्ल्याहा बढेकै छन् । यो गाउँकी सबैभन्दा जेठी जुम्ल्याहामा एक रहेकी मारिया चोरबाको घर आसपासमै तिन जोडी अरु जुम्ल्याहा छन् ।
उनका साथीसँगीमा धेरै जुम्ल्याहा रहेको उनी बताउँछिन् । उक्त गाउँमा मानिस मात्र होइन पशुहरुमा पनि जुम्ल्याहा जन्माउने लहरै चलेको छ । गाइका बाच्छा बाच्छी पनि जुम्ल्याहा नै जन्मिन थालेका छन् ।
गाउँलेहरुका अनुसार गाउँको पानीका कारण यस्तो भएको छ । त्यहाँको पानी निकै स्वच्छ तथा स्वादिलो छ अरे । निकै स्वच्छ पानी पिउनाले मानिसहरुको प्रजनन क्षमता नै बढेको र भटाभट जुम्ल्याहा पाउन थालेको गाउँलेहरुको दाबी छ ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.