वैशाख ७, २०७३- अमेरिकाको टेक्सास राज्यको हस्टनमा सोमबार अत्याधिक वर्षपछि आएको बाढीमा परि ५ जनाको मृत्यु भएको छ ।
टेक्सास राज्यका गभर्नर ग्रेग अब्बोटले हस्टनमा आपतकाल घोषणा गरेका छन् । मौसमविदका अनुसार त्यहाँ सोमबार मात्रै ४४.७ सेमि पानी परेको थियो । जसलाई उनीहरुले ‘ऐतिहासीक वर्षा’ भनेका छन् ।
छोटो समयमा अत्याधिक पानी परेपछि आएको बाढीका कारण हस्टनमा १२ सय जनाको उद्धार गरिएको छ । अमेरिकाको चौथो ठूलो शहरका ७० हजार बासिन्दा अहिले विद्युतविहिन भएका छन् ।
प्रारम्भिक सूचना अनुसार त्यहाँका एक हजार घर डुबानमा परेका छन् । त्यहाँका अधिकारीहरुले ठूलो सपिङ सेन्टरलाई अस्थायी वास्थानमा परिणत गरेका छन् ।


0 comments
प्रतिक्रिया दिनुहोस्...