-->
फेरि ५.९ रिक्टर स्केलको भूकम्प

हङकङ– भानुआटुमा सोमबार फेरी अर्को भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षण (यूएसजीएस) ले जनाएको छ ।
इसाङगुल भानुआटुबाट उत्तरपश्चिममा केन्द्रविन्दू बनाई ग्रीनविच समय अनुसार सोमबार १३ः०६ मा ५.९ रिक्टर स्केल मापन गरिएको भूकम्पीय धक्का महसुस गरिएको यूएसजीएसले बताएको छ ।
भूकम्प जमिनको ७४ किलोमिटर गहिराइबाट गएकोले यसबाट मानवीय तथा भौतिक क्षति खासै नभएको उल्लेख गरिएको छ ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.