-->
काबुलमा शक्तिशाली आत्मघाती विष्फोट, २४ को मृत्यु

काबुल–काबुलमा अमेरिकी दूतावासत र नेटो मिशनको नजिकै आत्मघाती विष्फोट भएको छ। विष्फोतमा परी २४ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन्। सो विष्फोटमा १६० जनाभन्दा बढी घाइते भएका छन्। विष्फोटपछि सो क्षेत्र पुरै धुँवाले ढाकेको थियो।

संचारमाध्यमका अनुसार काबुलको पुली महमुद खान इलाकामा सो विष्फोट भएको थियो। घटनाको जिम्मेवारी तालिवान लिएको छ।

अफगानिस्तानका राष्ट्रपति खशरफ गनीले सो आक्रमणको निन्दा गरेका छन्। गृहमन्त्रालयका प्रवक्ता सेदिक सिद्दिकीका अनुसार विष्फोटको जिम्मेवारी तालिवानका प्रवक्ता जबिहुल्ला मुजादिनले दिएका छन्। सो क्षेत्रमा सिक्रेट सर्भिस युनिट डिफेन्स मिनिस्ट्री र मिलिट्री कमाउण्ड रहेका छन्।

सो क्षेत्रमा अमेरिकी दूतावास र करिव तीन किलोमिटरको दूरीमा भारतीय दूतावास रहेको छ। अमेरिकी दूतावासका अधिकारीले दूतावास नेटो मिशनमा कुनै क्षति नभएको बताएका छन्।

विष्फोट भएको ठाउँमा ठूलो संख्यामा प्रहरी तैनाथ गरिएको जनाइएको छ। संभावित आतंकवादी घटनालाई मध्यनजर गर्दै ठूलो संख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको संचारमाध्यमले जनाएका छन्।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.