-->
एमाले अध्यक्षमाथि कांग्रेस कार्यकर्ताले गरे कुटपीट, आँखा फुट्यो

धनगढी, ५ बैशाख । मोहन्याल प्राथमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्षमाथि निर्घात कुटपिट भएको छ ।
बैशाख १ गते विद्यालयको निर्माण सामग्री लिएर पण्डौन २ बजारी ठाउँमा पुगेका सो विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टेकबहादुर बोगटीमाथि कुटपिट भएको हो ।
म विद्यालयको निर्माण सामग्री धनगढीबाट लिएर मोहन्याल जाँदै थिए, पण्डौनको २ को बजारी भन्ने ठाउँमा मोहन्यालकै विरेन्द्र बमको समूहले ममाथि एक्कासी आक्रमण गरी कुटपिट गरे बोगटीले भने । बम नेपाली काँग्रेसका कार्यकर्ता हुन ।
आक्रमणबाट बोगटीको आँखा, टाउँको, शरिरका विभिन्न भागमा चोट लागेको छ । मलाई कुटपिट मात्र गरिएको छैन्, मसँग विद्यालयको ६० हजार र मेरो नीजि गरी ३० हजार रुपैयाँ लुटिएको छ कुटपिट गर्ने समूहमाथि आरोप लगाउँदै बोगटीले भने ।
बोगटीले इलाका प्रहरी कार्यालय सुखडमा बम लगायत अन्य तीन जनामाथि ज्यानमार्ने उद्योगको मुद्धा दर्ता गराएका छन् । कुटपिटबाट घाइते भएका बमलाई थप उपचारका लागि भारत लगिदै छ ।
बोगटी मोहन्याल गाविसका एमाले गाउँ कमिटी अध्यक्ष समेत हुन् ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.