काठमाडौं, ५ वैशाख । आईसीसी विश्व क्रिकेट लिग च्याम्पियसिप अन्तर्गत सोमबार (भोली) नेपाल र नामिबियाबीच हुने खेलको नतिजाबारे ज्योतिषले अचम्मको भविष्यवाणी गरेका छन् ।
नेपालले पहिलो खेलमा नामिबियाविरुद्ध पाँच विकेटको जित हात पारेको थियो । दोस्रो खेल जिते विश्वकप छनोट खेल्न पाउने नेपालको सम्भावना बोलियो हुनेछ र त्यसका लागि भोली विहान कीर्तिपुर मैदानमा खेल हुँदैछ ।
पहिलो खेलमा नेपाली खेलाडीले घरेलु मैदानमा उत्कृष्ट प्रदर्शन गरेर जित दिलाएपछि अब नेपाली फ्यानलाई दोस्रो खेलमा कसले जित्ला भन्ने जिज्ञासा र चाँसो बढेको छ ।
यसैबीचमा चर्चित युवा ज्योतिष सुनील सिटौलाले भोलीको खेलको नतिजाबारे भविष्यवाणी गर्दै नेपालको सम्भावना बोलियो भएको बताएका छन् ।
‘ज्योतिष शास्त्रको ग्रहगणित हेर्दा नतिजा नेपालको पक्षमा छ । ग्रहगणित मध्येको एउटा शनि ग्रह बक्री भएकाले कहिलेकाही विपरित परिणाम पनि आउनसक्छ तर, १०० मा ९९ प्रतिशत नतिजा नेपालकै पक्षमा देखिन्छ ।’
ज्योतिष सिटौलाले आमा नेपाली दर्शकलाई नेपालको जितका लागि पूजापाठ गर्न पनि आग्रह गरेका छन् । ‘आफ्नो देशलाई जिताउन भारतमा पूजापाठ गर्ने चलन छ । कतिपय अवस्थामा सकारात्मक परिणाम पनि दिएको छ । त्यसकारण नेपालमा पनि यो चलनको विकास गर्नुपर्छ । नेपालको जितको कामना गर्दै पूजापाठदेखि जग्य लगाएर होमसम्म गर्नुपर्छ ।’
यसरी पूजापाठ गर्दा नतिजा प्रार्थना गरेअनुरुपमै आउने उनको भनाई छ ।


0 comments
प्रतिक्रिया दिनुहोस्...