दुई छोराकी आमा बनेकी नायिका ऋचा घिमिरेलाई सन्तानले नपुगेर फेरि अर्को बच्चा जन्माउने तरखरमा छिन् । टेली सिरियलबाट ठूलो पर्दामा आएकी ऋचा ठूलो पर्दामा पनि उत्तिकै चर्चित थिइन् । जब विवाह बन्धनमा बाँधिइन्, त्यसपछि भने उनी सिने क्षेत्रबाट टाढिदै गइन् । सिने क्षेत्रबाट टाढिनु उनको रहर थिएन, बाध्यता बन्यो ।
बच्चा जन्माएपछि सन्तानको स्याहार सुसारमै दिन बिते । दुई सन्तानकी आमा ऋचा अमेरिकामा छिन् । अमेरिका बसाइ गरेकी उनले फेरि अर्को बच्चा जन्माउने तरखरमा छिन् । हालै होलीको रंगमा रंगिदै ऋचाले हालै एक तस्विर सार्वजनिक गरेकी छन् । होलीको रंगमा रंगिएकी उनले होलीको रंग भन्दा पनि आफ्नो जीवनमा छोरीको आगमन हुन लागेको भन्दै खुशी बाँडेकी छिन् ।
अघिल्लो दुई छोराको जन्म दिँदा पनि मेजर सर्जरी गरेकी उनले तेस्रो पटक मेजर सर्जरी हुन लागेको पनि ब्यक्त गरेकी छिन् भने चार वर्षमा तीन बच्चा जन्माउन लागेको बताएकी छन् ।
तेस्रो सन्तानको रुपमा छोरीको जन्म हुन लागेकोमा उनी खुशी त छिन् तर अमेरिकामा बसेर अरुले डलर कमाइरहँदा आफू भने गृहिणी र बच्चाहरु स्याहार गरिरहनुपर्दा खिन्न छिन् । तैपनि परिवार आफ्नो लागि अनमोन भएको भन्दै उनी आफ्नो एउटा छोरी होस् भन्ने सपना पूरा हुन लागेकोमा खुशी ब्यक्त गरेकी छन् । खबर डबलीबाट ।


0 comments
प्रतिक्रिया दिनुहोस्...