एजेन्सी । ५० वर्ष अघि सन् १९६६ मा दुबईको अवस्था एक मरुभूमि भन्दा कम थिएन । तर ५० वर्षपछिको दुबई एक सुन्दर सपनाको नगरी जस्तो भएको छ । जता हेरेपनि सुन्दर र आलिसान भवनहरु देखिन्छन् । ५० वर्ष अघि जहाँ हेरेपनि उँट मात्रै हिडिरहेको दुबई ५० वर्षपछि जहाँ हेरेपनि चम्किरहेको चमकदार बिल्डिङहरु देखिन्छ ।
माथि देखाईएको तस्बिर ६० को दशकमा खिचिएको टावर हो । जसको वरपरि त्यसबेला कुनै पनि निमार्णहरु भएका थिएनन् । तर आज उक्त क्षेत्र एक विशाल नगर बनिसकेको छ ।
१९६० मा ४० हजारको जनसंख्या रहेको दुबईमा २०१५ को जनगणना अनुसार २२ लाख ५० हजार जनसंख्या रहेको छ । हाल उक्त देशमा २ लाख ५० हजार भन्दा धेरै मजदुरहरु बाहिरी देशबाट काम गर्न जाने गरेका छन् ।
उक्त देशमा २७ प्रतिशत इन्डियन र १२ प्रतिशत पाकिस्तानीको समेत आवादी रहेको छ । दुबईपनि कुनैबेला बेलायत साम्राज्यको उपनिवेश भयो । बेलायतको उपनिवेशबाट दुबई १८३३ मा स्वतन्त्र भएको थियो । अथाह तेल खानी दुबईको प्रमुख धर्म इस्लाम हो ।


0 comments
प्रतिक्रिया दिनुहोस्...