-->
चितुवाको छाला तस्कर गर्ने चारजना पक्राउ

सल्यान, सल्यानमा चितुवाको छालासहित चारजना तस्करलाई प्रहरीले पक्राउ गरेको छ । श्रीनगरमा रहेको रोयल गेष्टहाउसमा चितुवाको छाला रु १५ लाखमा मोलमोलाई हुँदै गर्दा शनिबार उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
नेपाल प्रहरीको क्षेत्रीय अनुसन्धान ब्युरोको अनुसन्धान टोली नै तस्कर बनेर उनीहरुसँग छालाको मोलमोलाई गर्ने क्रममा झोलामा लुकाएर राखेको छालासहित अनुसन्धान टोलीले उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय, सल्यानका प्रहरी नायब उपरीक्षक श्यामकुमार खत्रीले जानकारी दिनुभयो ।
पक्राउ पर्नेमा बाँकेको महादेवपुरी–५ ढकेरीका २८ वर्षीय रणबहादुर कवर, बागचौर नगरपालिका–८ कोटमौलाका ३४ वर्षीय भुवन योगी, बागचौर नगरपालिका–९ पातिहाल्नाका ४४ वर्षीय बेलाराम गिरी र दमाचौर–१ पलाटेकी ३३ वर्षीया भेषकुमारी चन्द रहेका छन् ।उनीहरुलाई बरामद दुई थान बाघको छालासहित थप अनुसन्धानका लागि जिल्ला वन कार्यालयमा बुझाइने प्रहरी नायब उपरीक्षक खत्रीले बताउनुभयो ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.