काठमाडौं, २३ चैत । यो वर्ष रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत दक्षिण कोरिया जान लिइने कोरियन भाषा परीक्षाको आवेदन फर्म वैशाख १५ गतेदेखि ४ दिनसम्म खुल्ने भएको छ ।
सोमबार श्रम तथा रोजगारमन्त्री दीपक बोहराको अध्यक्षतामा बसेको निर्देशक समितिको बैठकले यस्तो निर्णय गरेको कारोबार दैनिकले समाचार छापेको छ ।
भाष परीक्षाको आवेदन फर्म काठमाडौं उपत्यका र उपत्यकाबाहिर पाँच ठाउँबाट वितरण गर्ने भएको छ ।
काठमाडौं उपत्यकाबाहिर जनकपुर, डडेल्धुरा, धरान जनकपुर र पोखराबाट आवेदन फर्म लिइने ईपीएस कोरियाा शाखाले जनाएको छ ।
परीक्षा असार ४ र ५ गते पोखरा र काठमाडौंमा हुनेछ । एचआरडीले यस वर्ष छिटो परीक्षा गर्न लागेको हो ।
अघिल्लो वर्ष असोजमा परीक्षा हुँदै आएको थियो। भाषा परीक्षाको आवेदन ६० हजारभन्दा बढी वितरण हने अनुमान ईपीएस कोरिया शाखाको छ ।
ईपीएस कोरिया शाखाका प्रमुख डिल्लीराम बाँस्तोलाले कोरियाको मानव संशाधन विकास (एचआरडी)ले गरेको प्रस्तावबमोजिम निर्देशन समितिले भाषा परीक्षा मितिन अनुमोदन गरेको जानकारी दिए ।


0 comments
प्रतिक्रिया दिनुहोस्...