-->
५३ सय पाउन्डमा बेचिन्छन् नेपाली बच्चा

भूकम्पपीडित नेपालका बालबालिकालाई बेलायत पुर्याएर घरेलु दासका रुपमा बेच्ने गरिएको खुलासा भएको छ । बेलायतबाट प्रकाशित हुने द सन पत्रिकाले गोप्य रुपमा गरेको खोजमुलक अनुसन्धानले यस्तो तथ्य बाहिर ल्याएको हो ।
यस्तो तथ्य बाहिर आएपछि बेलायतकी गृहमन्त्री थेरेसा मेले नेपाली र भारतीइ बालबच्चा गैरकानुनी रुपमा बेचिने गरिको दाबी बारे छानबिन गर्न त्यहाँको प्रहरीलाई निर्देशन दिएको गार्जियन अनलाइनले जनाएको छ ।
द सनका अनुसार नेपाल र भारतका १० वर्षभन्दा कलिला बच्चा भारतको पन्जाब प्रान्तस्थित जालन्धरबाट सञ्चालित गिरोहले प्रतिवच्च ५३ सय पाउण्ड स्टर्लिङमा बेच्ने गरेका छन् ।पत्रिकाका अनुसार बेलायती धनाढ्य घरानाले बच्चाहरुलाई बिनापैसा नोकर बनाउने गरेका छन् ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.