घाँसमा मिसिएको काउसे कीरा खाँदा दोलखाको उत्तरी गाउँमा ४ सय भेडाबाख्राको ज्यान गएको छ । चंखु, मार्बू र खारे गाविसमा मंसिर यता काउसेकै कारण यो संख्यामा भेडाबाख्रा मरेको जिल्ला पशु सेवा कार्यालयले जनाएको छ ।
मंसिरको सुरुबाट उत्तिस, चिलाउनेलगायतका रुखमा देखिएको काउसे कीराको झुसिला बसेको घाँस खाएका कारण भेडा तथा बाख्रा मरेको पशुसेवा कार्यालय दोलखाका वरिष्ठ पशु विकास अधिकृत डा। तेजबहादुर रिजालले जानकारी दिए ।
उनका अनुसार काउसे कीरा भएको रुखबाट झरेको घाँस र काउसे कीरा हिँडेको बाटोमा गाईबस्तु गराउँदा भेडा बाखा्रहरुलाई एलर्जी हुने र दुई तीन दिनमा मृत्यु हुेन गरेको छ


0 comments
प्रतिक्रिया दिनुहोस्...