-->
मोदीलाई लाग्यो अर्काे झट्का, टाइमको सय प्रभावशाली व्यक्तिभित्र परेनन

काठमाडौं, ९ वैशाख । भारतका प्रधानमन्त्री नरेन्द्र यसवर्ष पनि प्रभावशाली व्यक्तिको सूचीमा पर्न असफल भएका छन् ।
विश्वकै प्रतिष्ठित पत्रिका टाइम म्यागजिनले विहीबार सार्वजनिक गरेको २०१६ का लागि संसारभरका सय जना प्रभावशाली व्यक्तिहरुको सूचीमा मोदी पर्न असफल भएको
भारतीय सञ्चारमाध्यम ले जनाएका छन् ।
कुनै समय १० नम्बरभित्र परेका मोदीको लोकप्रियता पछिल्लो समय ओरालो लागेको छ । गत वर्षपनि मोदी सूचीमा परेका थिएनन् । यो पटक भारतबाट भारती रिवर्ब बैंक (आरबीआई) गर्भनर रघुराम राजन पर्न सफल भए ।
यो सूचीमा उत्तर कोरियाका शासक किम जोंग उन, रुसका राष्ट्रपति भ्लादिमिर पुटिन, अमेरिकी राष्ट्रपति बराक ओबामा अग्रस्थानमा छन् ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.