काठमाडौं–काम दिलाउने वाचा गरेर नेपालबाट भारतको महाराष्ट्रस्थित पूणे सहर लगिएकी एक जना किशोरीमाथि लैगिक हिंसा गरेको आरोपमा पुणे प्रहरीले एक सय १३ जनामाथि मुद्दा दायर गरेको छ ।
पीडित किशोरकिा अनुसार विगत दुई वर्षभन्दा धेरै समयदेखि उनीमाथि लैगिंक हिंसा भइरहेको थियो । जसमा सयभन्दा बढी संलग्न थिए । पुणे प्रहरीले यो विषयबारे अहिलेसम्म पुणेको विमान नगरमा बस्ने स्विकृति खरेल, रमेश ठाकुवा, तपेन्द्र शाही, हरिश साह र रोहित भण्डारी गरेर पाँच जना पक्राउ गरेको छ । प्रहरीले अन्य आरोपीहरुलाई खोजिरहेको छ ।
१६ वर्षकी सोनम (नाम परिवर्तन) नेपालको पूर्वी नगर काँकडभिट्टामा आफ्नो परिवारसँग बस्थिन् । उनको परिवारको आर्थिक अवस्था कमजोर थियो । उनको बुबा सानो चिया पसलको आयबाट जीवनयापन गरिरहेका थिए । उनको पसलमा रोहित भण्डारी आउनेजाने गरिरहन्थे । र सोनमका बुबा साथी बनेका थिए ।
एक दिन उनले सोनमलाई पुणेमा ब्युटी पार्लरमा राम्रो तलबसहितको जागिर दिलाउने प्रस्ताव राखेछन् ।
सोनमको तलबले आर्थिक अवस्था सुधार्न मद्दत गर्ने भण्डारीले बताए । रोहितसँगको लामो समयदेखको मित्रताका कारण सोनमका परिवारले उनलाई रोहितसँगै पुणे पठाउने निर्णय गरे ।
सुनौलो भविष्यको सपना देख्दै सोनम रोहितसँग हिँडिन् । आफूले वाचा गरेजस्तै, रोहितले सुरुमा सोनमलाई पुणेमा एउटा ब्युटी पार्लरमा काम दिलाइदिए ।
सुरुका केही दिन सजिलैसँग बिते र सोनमलाई आफ्नो जीन्दगी सुध्रिन लागेको जस्तो भयो । तर, उनको भाग्यमा अर्कै लेखिएको थियो ।
रेहितले स्वीकृतिसँग मिलेर जबरजस्ती वेश्यावृति सुरु गर्न लगाए । सोनमले विरोध गरेपछि उनलाई लागूऔषध खुवाएर उनीमाथि शारीरिक अत्याचार गरियो । सोनम दुई वर्षसम्म शारीरिक अत्याचारको सिकार बनिन् । त्यो अवधीमा उनीमाथि एक सय भन्दा बढीले दुव्र्यहार गरेका थिए । प्रहरीबाट बच्नका लागि अभियुक्तहरुले सोनमलाई नयाँ–नयाँ ठाउँमा राख्ने गर्दथे ।
सोनमले प्रहरीलाई गरेकी उजुरीमा भनेकी छन्, ‘उनलाई वेश्यावृतिका लागि स्वीकृति र उनका साथीहरुले हैदरावाद, भोपाल र अहमवादसम्म लैजान्थे । एक सयभन्दा बढीले मलाई दुव्र्यवहार गरे ।’
गत महिना स्वीकृति र उनका साथीहरुले सोनम पुणेको खारडी क्षेत्रमा एउटा कोठामा लगेका थिए, जहाँ उनीमाथि कुटपिट र गर्भपतन पनि गराइएको थियो । त्यसै कोठामा दिल्लीकी एक जना मोडललाई पनि राखिएको थियो । आजको कान्तिपुर दैनिकमा खबर छ ।


0 comments
प्रतिक्रिया दिनुहोस्...