३० चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् ।
सरकारले कालोबजारी, भ्रष्टाचार महंगी नियन्त्रण गर्न नसकेको भन्दै आलोचना भइरहेको बेला प्रधानमन्त्री ओली सम्बोधन गर्न लागेका हुन् ।
प्रधानमन्त्री ओलीले आफू नेतृत्वको सरकारले गरेको काम कारबाही र नयाँ वर्ष २०७३ को शुभकामना सहितको सम्बोधन गर्न लागेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले जानकारी दिए । प्रधानमन्त्री ओलीले साँझ पाँच बजे सम्बोधन गर्ने छन् ।


0 comments
प्रतिक्रिया दिनुहोस्...