-->
खोटाङको बर्खेटार भिरबाट बस खस्यो

खोटाङः खोटाङको बर्खेटारमा यात्रुबाहक बस दुर्घटना भएको छ । दिक्तेल बजारबाट काठमाडौं आउँदै गरेको यात्रुबाहक बस हलेसी नजिकै बर्खेटारभन्ने स्थानमा दुर्घटना भएको जिल्ला अस्पताल खोटाङका एम्बुलेन्स चालक हरि गिरीले अन्नपूर्ण पोस्टलाई जानकारी दिए ।
दुर्घटनाको पूर्ण विवरण आउन बाँकी छ । उद्दारका लागि प्रहरीको टोली घटनास्थलतर्फ गइरहेको छ ।
दुर्घटनास्थल एक भीर छ । उक्त भीरमा पाँच वर्ष अघि एक जीप दुर्घटना भएको थियो । उक्त दुर्घटनामा जीवनमा सवार सात जनाकै मृत्यु भएको थियो ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.