-->
म्यानचेस्टर युनाइटेड एफए कपको सेमिफाइनलमा

वैशाख २ – म्यानचेस्टर युनाइटेड एफए कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको खेलमा वेष्ट ह्यामलाई २–१ ले हराएर म्यानचेस्टर युनाइटेडले अन्तिम चारमा स्थान पक्का गरेको हो ।
पहिलो हाफमा गोलरहित बराबरीमा रोकिएको म्यानचेस्टर युनाइटेडका लागि ५४ मिनेटमा मार्कस रासफर्डले गोल गर्दै सुरुवाती अग्रता दिलाए । ६७ औं मिनेटमा मार्ओन फेरिनीले युुनाइटेडको अग्रता दोब्बर पारे ।
क्वाटर फाइनलको रिप्लेमा वेष्ट ह्यामकालागि टोमकिन्सले ७९ औं मिनेटमा एक गोल फर्काएपनि जित दिलाउन सकेनन् । म्यानचेस्टर युनाइटेडले सेमिफाइनलमा एभर्टनसँग वेम्बलीमा खेल्नेछ ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.