-->
एसएलसी छात्राले लेख्दालेख्दै छोरी जन्माइन्

जाजरकोट-जिल्लाको पश्चिमी भेगमा रहेको सरस्वती उच्च माध्यमिक विद्यालय सीमा परीक्षा केन्द्रबाट एसएलसीको परीक्षा दिइरहेकी एक छात्राले परीक्षा हलमै छोरी जन्माएकी छन्। परीक्षर्थी गीता वुढाले आइतबार गणितको परीक्षा दिँदादिदै छोरी जन्माएकी हुन्।
परीक्षा सुरु भएर लेख्न सुरु गर्ने बित्तिकै गीतालाई सुत्केरी व्यथा लागेको र उनी अत्तालिए पछि सहयोगी शिक्षिकाहरुको मद्दतले सुरक्षित स्थानमा लगेर स्याहार गरिएको केन्द्राध्यक्ष सत्रुधनप्रसाद चौधरीले बताए।
गीताले सोहि विद्यालयकी कक्षा ९ की छात्रा कमला रेग्मीको सहयोगले पछिल्ला विषयका परीक्षाहरु दिइरहेकी चौधरीले बताए। गीता र उनकी छोरीको अवस्था सामान्य छ।
त्यस्तै नारायणी माध्यमिक विद्यालय कार्कीगाउँकी नियमित तर्फकी छात्रा राधिका सिंहले पनि सुत्केरी अवस्थामै परीक्षा दिइरहेकी छिन्। बाल माध्यमिक विद्यालय झाप्रा परीक्षा केन्द्रबाट परीक्षा दिइरहेकी सिंहले परीक्षा सुरु हुन एकदिन अघि बच्चा जन्माएको केन्द्राध्यक्ष रामप्रसाद घर्तीले बताए। उनी पनि नियमित परीक्षामा सहभागी छन्।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.