-->
देशभित्रका समस्या समधान गर्न नेपाली सक्षम

पाल्पा, अर्थमन्त्री विष्णु पौडेलले नेपाल देशभित्रका कुनै पनि समस्या समाधान गर्न नेपाल र नेपाली सक्षम रहेको उहाँले बताउनुभएको छ ।
नेपाली जनताका प्रतिनिधिले संविधान बनाएको बताउँदै नेपालमा संवैधानिक सङ्कट र समस्या छ भन्नु सत्य नभएको मन्त्री पौडेलले दाबी गर्नुभएको छ ।
सञ्चारकर्मीसँग आज पाल्पामा कुराकानी गर्दै मन्त्री पौडेलले नेपालभित्रका समस्या नेपाल र नेपालीले आफैँ समधान गर्न सक्षम रहेकोसमेत उहाँले बताउनुभयो ।
जेठ १५ गते बजेट प्रस्तुत गर्नुपर्ने संवैधानिक व्यवस्थाले सरकार सोहीअनुसारको तयारीमा रहेको बताउनुभएको छ । उहाँले सरकारले जेठ १५ गते सदनसमक्ष बजेट प्रस्तुत गर्र्नेे तयारीमा जुटेको बताउनुभएको हो ।
उहाँले भन्नुभयो– “हामी स्वतन्त्रता र सार्वभौमिकता सुदृढीकरण गरी नेपाली भई बाँच्न चाहन्छौँ, नेपाललाई विश्वसामु स्वाधीन राष्ट्रका रुपमा चिनाउन चाहन्छौँ ।”
प्रधानमन्त्रीको भारत र चीन भम्रण अत्यन्त महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले छिमेकी राष्ट्रबाट सहयोग र सद्भावको अपेक्षा गर्ने बताउनुभएको छ । रासस


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.