-->
सुन बिक्री नहुँदा बैंकहरु तनावमा

काठमाडौं–बिक्री नहुँदा बैंकहरुमा सुन थुप्रिएको छ । अवैधानिक रुपमा आयात भएको सुन बैंकमा भन्दा सस्तो बजारमा पाउन थालेपछि बैंकको सुन बिक्री नभएको हो ।
अहिले बैंकहरुमा रहेको तीन सय २२ किलो सुन बिक्री भएको छैन । बैंकहरुमा रहेको सुन बिक्री नभएसम्म उनीहरुले आयात नगर्ने बताएका छन् ।
सुन आयात गर्ने अन्तिम तयारीमा रहेका केही बैंकले उक्त प्रक्रियासमेत रोकेका छन् । बैंकमा रहेको सुन बिक्री नभएसम्म सुन ल्याउन नसकिने बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघले बताएको छ ।
बैंकहरुले अबौं रुकमको सुन खरिद गरेका छन् । सुनमा गरिएको लगानीबाट नाफा त परै जाओस समयमा बिक्री गरेर नगद हात पार्न समेत उनीहरुले सकिरहेका छन् ।
बैंकहरुमा रहेको सुन तीन महिनादेखि बजारमा बिक्री हुन नसकेको बैंकरको भनाई छ । लामो समयदेखि फट्टफुट्बाहेक बिक्री हुन नसकेको सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत भुवन दाहालले बताए । लामो समयसम्म सुन बिक्री नहुँदा आश्चर्यमा परेका छौं, उनले भने ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.