-->
खोटाङ दुर्घटनाका मृतकको गहना र पैसा कसले लुट्यो ?

खोटाङ – बर्खेटारमा भएको बस दुर्घटनामा ज्यान गुमाउने तथा घाइतेका आफन्तले मृतकको साथमा रहेको नगद, गहना र सामान नपाएको भन्दै आक्रोश पोखेका छन् ।
महादेवस्थान–१ स्थित बर्खेटारमा २४ जनाको ज्यान जाने गरी मङ्गलबार भएको बस दुर्घटनाका मृतकले लगाएको सुनको औँठी, सिक्रीलगायत नगद नपाएको भन्दै मृतकका आफन्तले आक्रोश पोखेका हुन् ।
दिक्तेलबाट काठमाडौँ हिँडेको बा२ख ६३७६ नंको बस दुर्घटनामा ३१ जना घाइते भएका छन् । दुर्घटनाका मृतक र घाइतेले लगाएको गहना तथा बोकेको नगद फेला नपरेको मृतकका आफन्तले बताएका छन् ।
दुर्घटनामा परी ज्यान गुमाएकी निर्मलीडाँडा गाविस–३ की ३३ वर्षीया विमला राईको साथमा रहेको नगद तथा गहना फेला नपरेको मृतकका भाइ मिलन राईले बताए । उनीजस्तै अन्य आफन्तले पनि यस्तै गुनासो गरेका छन् ।
दुर्घटना भएकै अघिल्लो दिनमात्र तलब बुझेर खोटाङको जालपाबाट हिँडेका २० जना कामदारका आफन्तले समेत कुनै रकम फेला पारेका छैनन् ।
उनीहरुमध्ये कतिपयको मृत्यु भएको छ भने कतिपय घाइते छन् । उनीहरुको साथमा भएको आठ लाख बढी नगद तथा सामानसमेत आफन्तले पाएका छैनन्


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.