काठमाडौं–गत वैशाख १२ को विनासकारी भूकम्प ज्यान गुमाउने नौ हजारभन्दाबढी मानिसहरुको सम्झनामा राजधानीको त्रिपुरेश्वरस्थित कालमोचन परिसरको भित्ताहरुमा सेता पुतली अाकृति टाँसिएका छन्। भूकम्प गएको एक वर्ष पुग्नलाग्दा भूकम्पले ध्वस्त भएको कालमोचन परिसर जिर्णोद्धार हुन सकेको छैन्।
'गत वैशाख १२ को विनासकारी भूकम्प ज्यान घुमाउने नौ हजारभन्दाबढी मानिसहरुको सम्झनास्वरुप नौ हजार ह्वाइट वटरफ्लाइहरु जिर्णोद्धार हुन नसकेको कालमोचन परिसरको भित्तामा टाँसिका हौं,'अभियानकर्ता कलाकार मिलन राईले भने।
राजधानी वरपरका रूखहरूमा यस्तै पुतली टाँसेर भूकम्प पीडितको सहयोगार्थ राइले रकम संकलन गरेका थिए। भूकम्प पीडित बसिरहेको क्षेत्रमा शौचालय र सरसफाई अभियानमा सघाएको राइले बताए।


0 comments
प्रतिक्रिया दिनुहोस्...