पाँचथर / युरिया मलको बढ्दो प्रयोगले माटोको अम्लियपना बढ्दै गएको छ । जिल्लाको आङ्सराङ र अमरपुरमा कृषि प्राविधिकहरुले गरेको माटो परीक्षणले अम्लियपना बढेको देखाएको हो ।युरिया मलको चाहिने भन्दा बढि प्रयोग,घरायसी मलको प्रयोग कम र अम्लिय वर्षाका कारण माटोमा अम्लियपना बढ्ने जिल्ला कृषि विकास कार्यालयका कृषि प्रसार अधिकृत तथा सूचना अधिकारी नीलकोमल सिंहले बताउनुभयो । अम्लियपना बढ्दा माटोको उर्भराशक्ति घट्न गई उत्पादकत्वमा गिरावट आउने गरेको उहाँले बताउनुभयो ।
यसले गर्दा कार्यालयले आगामी आर्थिक वर्षको नीति,कार्यक्रम सहितको बजेट पुस्तिकामा कृषि चुनको माग बढि राखिएको छ । यस वर्ष ५ मेट्रिक टन चुन वितरण गरिएको छ । आगामी आर्थिक वर्षमा १० मेट्रीकटन चुन किसानलाई दिइने गरी पुस्तिकामा बजेट सहितको कार्यक्रम उल्लेख गरिएको छ ।


0 comments
प्रतिक्रिया दिनुहोस्...