-->
जापानको पिआर लिनको लागि योग्यता र सेवा सुबिधाहरु ।

जापानको पिआर लिनको लागि योग्यता र सेवा सुबिधाहरु ।
नेपालीहरुको प्रमुख गन्तव्य बन्दैछ जापान । विद्यार्थीका साथै कामदारका रुपमा पनि जापान जानेको संख्या बढ्दैछ । नेपालीका साथै अन्य देशबाट पनि हजारौं मानिस जापानमा छन् ।
जापानमा स्थायी बसोबासको चाहना सबैको लक्ष्य बनिरहेको छ । अध्ययन, काम अनि व्यवसायसंगै त्यहाँको स्थायी बसोबास (पिआर) लिन चाहनेहरुको संख्या पनि बढिरहेको छ ।
पिआर प्राप्त भैसकेपछि जापानी नागरिक सरह हरेक सेवा र सुविधा प्राप्त हुन्छ । त्यसैले जापानको पिआर धेरै विदेशीको सपना बन्दै आएको छ । यसकारण पनि पिआर पाउँन अन्यको तुलनामा केही कडा शर्तहरु लागू गरिएका छन् ।
जापानको पिआरका लागि के कस्तो मापदण्ड पूरा हुनुपर्छ त ? आम चासोको विषय बनेको छ । जापानको स्थायी बसोबासका लागि चाहिने न्यूनतम योग्यता यस्ता छन्-
१. राम्रो चरित्र भएको
२. आत्मनिर्भर क्षमता भएको । यो व्यक्तिको वार्षिक आम्दानी र परिवारको सदस्य संख्याको आधारमा निर्धारण गरिन्छ
३ जापानप्रति रुची भएको
४ जापानमा १० वर्षसम्म निरन्तर बस्दै आएको
५ लगातर १० बर्ष बसोबास गर्दा पनि कम्तिमा ५ वर्ष पुर्णकालिन काम गर्न पाउने अनुमति लिएको हुनु पर्छ।
६ कुनै मुद्दा मामिलामा नफसेको अथवा जेल सजायँ नभएको
७.नागरिक दायित्व पूरा गरेको जस्तै करहरु समयमै बुझाउँने गरेको
८ स्वास्थयमा कुनै गम्भीर खराबी नभएको ।
दश वर्ष बसेकाहरुले पिआर पाउँन पूरा गर्नुपर्ने आवश्यक प्रक्रियाहरु :
१ जापानी नागरिकसँग विवाह गरेको । यस्तै पिआर अनुमति प्राप्तसँग वैधानिक विवाह गरेकाहरुले पनि तीन वर्ष निरन्तर जापानमा बसेपछि पिआर पाउँन सकिन्छ ।
२ लङ टर्म रेसिडेनस(तेज्यु) लिएर निरन्तर रुपमा ५ वर्षसम्म वैधानिक रुपमा बस्नेले पनि पिआरका लागि आवेदन दिन सक्छन् ।
३ शरणार्थी भिसामा ५ वर्षदेखि निरन्तर जापानमै बस्दै आएकाले पनि पिआर पाउँन सक्छन् ।
४ जापानका लागि महत्वपूर्ण योगदान दिने सामाजिक,कुटनीतिक,आर्थिक,सांस्कृति र अन्य क्षेत्रका व्यक्तिले पनि ५ वर्षपछि पिआरका लागि आवेदन दिन सक्छन् ।
पिआर पाइसकेपछिका फाइदा र सुविधाहरु :
१.एकपटक पिआर पाइसकेपछि पटक पटक नवीकरण गरिरहनुपर्दैन
२ आय आर्जनमा कुनै बन्देज रहँदैन
३ पिआर लिएपछि कम्तीमा ७ वर्षको म्याद भएको रेजिडेन्स कार्ड पाइने
४ १६ वर्ष मूनिका भए ऊ १६ वर्ष पुग्नेवित्तकै वैधानिक मान्यता प्राप्त हुन्छ
५ रि–इन्ट्री परमिट प्रक्रिया अपनाउनु नपर्ने।
६ आवेदन दिएको ६ महिनाभित्र नतिजा आइसक्ने । यसबीचमा हाल रहेको अनुमति पत्रको म्याद सकिएकाहरुले पुनः म्याद थप गर्न पाइन्छ ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.