-->
नानाको मिडियालाई प्रश्न-‘किसान मर्दा चुप, प्रत्युषाको बिषयलाई किन यत्रो स्थान ?’

बलिउड नायक नाना पाटेकरले टेलिभिजन कलाकार प्रत्युषा बनर्जीको मृत्युको विषयलाई भारतीय मिडियाले अनावश्यक स्थान दिएको टिप्पणी गरेका छन् ।
‘प्रत्युषाको मृत्यु दुर्भाग्यपूर्ण हो । तर, मिडियामा हरेक दिन मुख्य समाचार बनाउनु जरुरी छैन ।’ उनले भने । भारतमा आज पनि कयौ किसानले आत्महत्या गर्ने गरेको भन्दै उनले भारतीय मिडियाले किसानको जीन्दगीको वारेमा उपेक्षा गरेको आरोप लगाए ।
नानालाई चिन्नेहरुका अनुसार उनी राष्ट्रिय मुद्धामा सिरियस छन् । प्रत्युषाको मृत्यु भएको दुइ हप्तासम्म पनि मिडियाले उनको वारेमा समाचार दिन छाडेको छैन । तर, किसानले आत्महत्या गरेको समाचारले खासै स्थान पाउँदैन ।
पीडित किसानको सहयोगका लागि भन्दै नानाले ‘नाम’ फाउण्डेशन सञ्चालन गरेका छन् । उनको संस्थाले आत्महत्या गरेका किसानको परिवारलाई सहयोग गर्दै आएको छ ।
कुनै समयका चर्चित नायक नाना पाटेकरले पछिल्लाे समय अभिनयमा कमै देखिन थालेका छन् ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.