७ बैशाख, एजेन्सी ।
यतिबेला बलिउडमा ऐश्वर्या राह र रणदीप हुड्डाको चलचि सरबजीतको चर्चा चुलिएको छ । आफ्नो रोलका लागि ऐश्वर्या र सरबजीतले प्रशंसकको ध्यान तान्न सफल भएका छन् ।
यो चलचित्रको ट्रेलर रिलिज भैसकेको छ । चलचित्रमा ऐश्वर्या राय, रिचा चड्ढा र रणदीप हुड्डाको मुख्य भूमिका छ ।
फिल्ममा पाकिस्तानमा २३ वर्ष जेलमा रहेका पञ्जावका सरबजीतको कहानी छ । गलतीले सीमापारी पुगेका सरबजीत कसरी जेलमा पुगे भन्ने कुरा चलचित्रले देखाएको छ ।
विवाहपछि सलमानको विषयमा पहिलो पटक बोलिन ऐश्वर्या
ऐश्वर्यालाई सलमानबाट यसरी खोसेका थिए विवेकले
यस्ता यस्ता विवादमा परेकी थिइन् ऐश्वर्या राय
तर चलचित्रमा यसको कहानी भन्दा पर्दा पछाडीको कहानीको चर्चा बढी भएको छ । ऐश्वर्या रायका कारण उनका पूर्व प्रेमी बलिउड स्टार सलमान खान चलचित्रमा अभिनय गर्नबाट बञ्चित भएको चर्चाले बलिउड तातिएको छ ।
ऐश्वर्या यो फिल्ममा रहेका कारण सलमान यो फिल्ममा अटाएनन् । यो फिल्म बनाउने समयमा सबैभन्दा उत्तम जोडीकोरुपमा लिएपनि उनीहरुको सम्बन्ध विग्रिएका कारण सम्भव नभएको बताइएको छ । सलमानले सरबजीतको रिहाइका लागि उनको चर्चित चलचित्र बजरंगी भाइजानका क्रममा समेत विशेष अभियान चलाएका थिए।
संयोगले यो चलचित्रको टिजर भने सलमान खानको चलचित्रसँगै सार्वजनिक भएको छ । २० मे मा रिलिज हुने तय भएको सरबजीत ओमङ्ग कुमारले निर्देशन गरेका छन् ।


0 comments
प्रतिक्रिया दिनुहोस्...