-->
बार्सिलोना फेरि पराजित, लिग उपाधिमा धक्का

काठमाडौं । स्पेनिस ला लिगामा बार्सिलोना फेरि पराजित भएको छ । गए राती भएको खेलमा बार्सिलोना भ्यालेन्यिसासँग २–१ गो अन्तरले पराजित भएको हो । पराजयसँग बार्सिलोनाको उपाधि होड पनि जटिल बन्दै गएको छ । ३३ खेल खेल्दा बार्सिलोना ७६ अंक भएको छ । ३३ खेलबाटै एथलेटिको म्याड्रिडको पनि ७६ नै अंक भए पछि गोल अन्तरमा एथलेटिको दोस्रो स्थानमा छ । गएराती नै एथलेटिकोले ग्रेनेडालाई ३–० गोलले पराजित गरेको हो । ३३ खेलबाट रियल म्याड्रिड पहिलो बार्सा र दोस्रो एथलेटिकोभन्दा मात्रै एक अंकले पछि पर्दै ७५ अंक जोडेको छ । यस्तो तीव्र प्रतिस्पर्धाकाबीच अबका ५ खेलबाट तीनवटै टिमको उपाधि होड भन्ने खुल्ला भएको छ । तर, बार्सालोनाले पछिल्ला ४ वटा लिगका खेलमा जित हार्न नसकी दबाबमा आएका छ ।
गएराती पनि राकटिकले आत्मघाती गोल गर्दा २६ औं मिनेटमा बार्सा पछाडि पर्यो । पहिलो हाफको अन्तिम समयमा भ्यालेन्सियाको सान्टी मिनाले गोल गर्दै २–० मा पुर्याए । ६३ औं मिनेटमा मेसीले गोलको खडेरी चिर्दै जीवनकै ५०० औं गोल गरेर कीर्तिमान बनाए । तर, उनको कीर्तिमानी गोल जितका लागि पर्याप्त भएन । र, लगायतार बार्साले लिगमा ९ अंक  गुमाउन पुग्यो ।
अब डिपोर्टिभो ला करुना, स्पोर्टिङ गिजोन, रियल बेटिस, स्पानियोल र ग्रेनेडाविरुद्ध खेल्न बाँकी छ । एथलेटिकोले र रियलले पनि आफ्ना ५ वटै खेल जिते बार्सिलोना यी टिमसँग पराजित वा कुनै एउटासँगमात्र बराबरी खेले पनि उपाधिबाट बिमुख हुनेछ ।


0 comments

प्रतिक्रिया दिनुहोस्...

Powered by Blogger.